प्रभु इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, म्युचुअल फन्ड सञ्चालन गर्ने मुख्य अजेन्डा

2021-04-29
प्रभु इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, म्युचुअल फन्ड सञ्चालन गर्ने मुख्य अजेन्डा

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको ३८९ औँ बैठकले कम्पनीको २५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो। 

बैठकले आगामी जेठ ६ गते बिहिबारका दिन तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै कम्पनीको उदेश्य अन्तर्गत सामूहिक लगानी कोष(म्युचुअल फन्ड)योजना सञ्चालन गर्ने, गराउने थप गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७६÷७७ को वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आ.व २०७७÷७८ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी वैशाख २६ गतेदेखि साधारण सभा नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ वैशाख २५ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य  हुनेछन्। 

 


Share this with your friends: