प्रभु इन्स्योरेन्सको सञ्चालक परिवर्तन, नयाँ सञ्चालकमा आचार्य चयन

2021-04-29
प्रभु इन्स्योरेन्सको सञ्चालक परिवर्तन, नयाँ सञ्चालकमा आचार्य चयन

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडको सञ्चालक परिवर्तन गरिएको छ। कम्पनीको संस्थापक सेयरधनी नेपाल होल्डीङ प्रा.लिको तर्फबाट प्रतिनिधित्व गर्ने केशवराज आचार्य सञ्चालकमा चयन भएका छन्। कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा चयन गर्ने निर्णय गरेको हो। 

यसअघि नेपाल होल्डीङ प्रा.लिले आफ्नो तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका कृष्णबहादुर कुँवरलाई परिवर्तन गरी केशवराज आचार्यलाई प्रतिनिधिको रुपमा पठाएको थियो। 

 


Share this with your friends: