प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-05-09
प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आज कम्पनीद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ८८४ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९७२ रुपैयाँ थियो ।
प्रभु इन्स्योरेन्सको गत माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ।

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी जेठ ६ गते आयोजना हुन गईरहेको २५ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।


Share this with your friends: