प्रभु इन्स्योरेन्सको बिमा कोषको आकार २२%ले वृद्धि, मुनाफा २५.४० करोड

2020-08-17
प्रभु इन्स्योरेन्सको बिमा कोषको आकार २२%ले वृद्धि, मुनाफा २५.४० करोड

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ४९ करोड ११ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.५७ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ५० करोड ९३ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ३ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा १४.२५ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३ करोड ३१ लाख रुपैयाँमा सीमित थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीले १७ करोड ६९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १६ करोड ६२ लाख रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ६.४४ प्रतिशत बढी खुद दाबी भुक्तानी गरेको छ। 

यो अवधिमा कम्पनीको खुद मुनाफा बढेकोे छ। चौथो त्रैमासको अन्त्यसम्म कम्पनी २५ करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १.१५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीकोे व्यवस्थापन खर्च ९.२४ प्रतिशतले घटेकोे छ। कम्पनीको व्यवस्थापन खर्च १६ करोड ३० लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १७ करोड ९७ लाख रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीले बिमा कोषको आकार २२ प्रतिशतले बढाएर ७० करोड ४२ लाख रुपैयाँ पुर्याएको छ। यो आकार अघिल्लो वर्ष ५७ करोड ७२ लाख रुपैयाँको थियो । कम्पनीले जगेडा तथा कोषको आकार पनि बढाएर २१ करोड ८६ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यो कोषको आकार १७ करोड ४३ लाखमा सीमित थियो ।

अघिल्लो आर्थिक वर्ष ८६ हजार २४३ वटा बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिको वर्षमा ६६ हजार ८४१ वटा बीमालेख जारी गर्न सकेको देखिन्छ। 

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ, पीई रेसिया २० गुणा, प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य २९३ रुपैयाँ र तरलता अनुपात २.६० रहेको छ।   

 


Share this with your friends: