प्रभु इन्स्योरेन्स र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राखिने

2021-09-13
प्रभु इन्स्योरेन्स र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राखिने

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राख्ने भएको छ । क्यापिटलले प्रभु इन्स्योरेन्सको ६ हजार ०३६ कित्ता र ज्योति विकास बैंकको २९ हजार २५० कित्ता गरी कुल ३५ हजार २८६ कित्ता सेयर भोलि(भदौ २९ गतेदेखि लिलामीमा राख्न लागेको हो । 
 
यो सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । 
प्रभु इन्स्योरेन्सको न्यूनतम मूल्य प्रतिकित्ता ३५० र ज्योति विकास बैंकको १४५ रुपैयाँ निर्धारण गरिएको छ । दुवै कम्पनीको सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । 
 
लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेड कमलादी काठमाण्र्डौमा आईपुग्ने गरी आगामी कात्तिक ३ गतेसम्म बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । 

Share this with your friends: