प्रभु बैंकको संस्थापक सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन

2021-09-13
प्रभु बैंकको संस्थापक सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको संस्थापक सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज(भदौ २८ गते)अन्तिम दिन रहेको छ । बैंकको संस्थापक समूहतर्फको २ लाख ५२ हजार ७२८ कित्ता सेयर गत भदौ १५ गतेदेखि लिलामीमा राखिएको थियो । 

यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ। त्यसैले लगानीकर्ताले न्यूनतम मूल्यभन्दा बढी रकम अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  

सेयर खरिदका लागि आवेदन गर्दा न्यूनतम १००० कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल कमलादी काठमाण्डौमा कार्यालय समयभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 


Share this with your friends: