प्रभु इन्स्योरेन्स र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा

2021-09-14
प्रभु इन्स्योरेन्स र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राखेको छ । क्यापिटलले प्रभु इन्स्योरेन्सको ६ हजार ०३६ कित्ता र ज्योति विकास बैंकको २९ हजार २५० कित्ता गरी कुल ३५ हजार २८६ कित्ता सेयर आज(भदौ २९ गते)देखि लिलामीमा राखिएको हो । 

यो सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् ।
प्रभु इन्स्योरेन्सको न्यूनतम मूल्य प्रतिकित्ता ३५० र ज्योति विकास बैंकको १४५ रुपैयाँ निर्धारण गरिएको छ । दुवै कम्पनीको सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । 
 
लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेड कमलादी काठमाण्र्डौमा आईपुग्ने गरी आगामी कात्तिक ३ गतेसम्म बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । 


Share this with your friends: