प्राइम कमर्सियल बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-01-03
प्राइम कमर्सियल बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले प्रस्ताव गरेको कुल १५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

बैंकले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि भोलि(पुस २० गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्। 

बैंकको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो। बैठकले गत आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट बैंकका सेयरधनीलाई हाल कायम चुक्तापूँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५ सय रुपैयाँको १५ प्रतिशतले हुन आउने २ अर्ब ९ करोड ७७ लाख ८७ हजार ४२५ रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आउँदो पुस २९ गते आयोजना हुन गईरहेको बैंकको आगामी १३ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 

 


Share this with your friends: