प्राइम लाइफ र एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

2021-02-22
प्राइम लाइफ र एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट बैंक लिमिटेडको ५८ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

नेप्सेमा प्राइम लाइफको ७ प्रतिशत बोनस सेयर अर्थात १५ लाख ८१ हजार २५३ कित्ता र एभरेष्ट बैंकको ५ प्रतिशत अर्थात ४२ लाख ३५ हजार १०३.४२ कित्ता गरी कुल ५८ लाख १६ हजार ३५६.४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

 


Share this with your friends: