प्राइम लाइफको बोनस सेयर हितग्राही खातामा जम्मा

2021-02-24
प्राइम लाइफको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वितरण गरेको बोनस सेयर हितग्राहीको खातामा जम्मा गरिदिएको छ। कम्पनीले गत पुस २७ गते सम्पन्न कम्पनीको १३ औँ वार्षिक साधारण सभाबाट पारित भएको ७ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो। 

हालसम्म पनि आफ्नो सेयरको प्रमाणहरु अभौतिकीकरण नगराएका सेयरधनीको हकमा भने अभौतिकीकरण गराए पश्चातमात्रै बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ। 


Share this with your friends: