प्राइम कमर्सियल बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

2021-11-28
प्राइम कमर्सियल बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले १४ औँ साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ६ गते मंगलबारका दिन काठमाण्डौ कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत नगद लाभांस गरी कुल १६.६३१३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ।  

बैंक र अन्य कुनै बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने रगाभिने९मर्जर०तथा प्राप्ति गर्ने र यस सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने पस्ताव पारित गरिनेछ। 

यस्तै बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यसमा कुनै फेरबदल गर्न नियमनकारीबाट कुनै निर्देशन प्राप्त भएमा सोहि बमोजिम फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ। 
 
सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले आगामी मंसिर २२गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।


Share this with your friends: