प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड

2022-04-27
प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत चैत १६ गतेदेखि ३० गतेसम्म जारी गरिएको २ अर्ब ५० करोड रुपैयाँबराबरको ‘ १० प्रतिशत प्राइम डिबेन्चर २०८८’नामक ऋणपत्र वैशाख १२ गते सोमबारका दिन बाँडफाँड गरिएको हो । 

रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ । 

बैंकले गत चैत १६ गतेदेखि ३० गतेसम्म १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ १० प्रतिशत प्राइम डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गरेको

कुल निष्कासनमध्ये १५ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १० लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।  सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको ९ लाख ५० हजार इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । 


Share this with your friends: