प्रिमियर इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-03-12
प्रिमियर इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २७ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो चैत २३ गते नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कम्पनीद्वारा प्रस्तावित ११.०५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। 

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आउँदो चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ चैत १० गतेसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।  

 


Share this with your friends: