काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको छ। कम्पनीको संस्थागत समूहतर्फको १ लाख ४० हजार ५१० कित्ता सेयर साधारण सेयरमा रुपान्तरण भएको हो।
रुपान्तरणपश्चात कम्पनीमा संस्थागत समूहको स्वामित्व ५१ प्रतिशत र साधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ।