प्रिमियर इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-03-23
प्रिमियर इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। 

कम्पनीको गत पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट ११.०५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ। यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी चैत २३ गते आयोजना हुने २७ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। कम्पनीको २७ औँ वार्षिक साधारण सभा नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ।  

 


Share this with your friends: