प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सीआईटीको संस्थागत समूहतर्फको सेयर बाँडफाँड

2021-07-06
प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सीआईटीको संस्थागत समूहतर्फको सेयर बाँडफाँड

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडले लिलामीमा राखेको आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर बाँडफाँड गरेको छ । कम्पनीले असार २१ गते निष्कासन कम्पनी तथा बिक्री प्रबन्धकको रोहबरमा लिलामी सेयरको गोप्य सिलबन्दी खोली १० हजार कित्ता सेयर बाँडफाँड गरेको हो । 

प्रिमियर इन्स्योरेन्सले गत असार ११ गतेदेखि १८ गतेसम्म आफ्नो स्वामित्वमा रहेको सीआईटीको १ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो । सेयर खरिदका लागि बैंक, वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुलाइक्षर्् बोलपत्र आवेदन पेश गर्न आह्वान गरिएको थियो । 

बाँडफाँडमा परेको जानकारी धितोपत्र तथा बिक्री प्रबन्धकको कार्यालयमा सम्पर्क राखि हेर्न सकिने कम्पनीले जनाएको छ ।  


Share this with your friends: