प्रिमियर इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

2021-07-09
प्रिमियर इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयरमा आवेदन दिने आज असार २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले संस्थागत समूहको ५ लाख ४८ हजार ०२५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताले बोलपत्र आवेदन पेश गर्दा न्यूनतम मूल्यमा नघट्ने गरी पेश गर्नुपर्नेछ। सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्ता वा सो भन्दा माथिका लागि कुनै हद तोकिएको छैन ।  यो सेयरको बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ । 

लगानीकर्ताले आज एनआईसी एशिया क्यापिटल बबरमहलमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्न गर्नुपर्नेछ।  


Share this with your friends: