प्रिमियर इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, एनपीआईमा आबद्ध हुने पहिलो निर्जीवन बीमा कम्पनी

2021-12-22
प्रिमियर इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, एनपीआईमा आबद्ध हुने पहिलो निर्जीवन बीमा कम्पनी

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ । प्रिमियर इन्स्योरेन्सले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी क्लियरिङ हायससँग सम्झौता गरेको हो । 

सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौतापश्चात प्रिमियर इन्स्योरेन्स एनसीएचएलको नेसनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गतको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिने पहिलो निर्जीवन बीमा कम्पनी बनेको छ भने यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल–आईपीए र कनेक्ट आईपीएस प्रणालीसँग जोडी इन्स्योरेन्स दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन,सर्भे पेमेन्ट, तलब, भेन्डर भुक्तानीलगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ। यसले प्रिमियर इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुर्याउनेछ। यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन्। 

यसरी एनपीआईमा जोडिएपछि प्रिमियर इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुनेछ। एनपीआईसँग गरिने उक्त साझेदारीमा प्रिमियर इन्स्योरेन्सको सफ्टवेयर पार्टनर अर्हान्त सोलुसन्स प्रालिको पनि महत्वपूर्ण भूमिका रहेको छ। जसले प्रिमियर इन्स्योरेन्सलगायत १७ अन्य  र्निजिवन बीमा कम्पनीहरुलाई कोर प्रणाली प्रदान गर्दै आएको छ।  

प्रिमियर इन्स्योरेन्स लगायत ३० भन्दा बढी लाईफ तथा ननलाइफ इन्स्योरेन्स कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शुल्क अनलाइनमार्फत कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन्। यसका साथै ७ लाइफ इन्स्योरेन्स कम्पनीहरुयस अघि नै ल्एक्ष् मा आबद्ध रहेका छन्। 


Share this with your friends: