काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने भोलि(माघ ४ गते)अन्तिम दिन रहेको् छ । कम्पनीले लाभांस वितरण प्रयोजनका लागि माघ ५ गते बुक क्लोज गर्ने निर्णय गरेकाले भोलिसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।
प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि १४।२५ प्रतिशत बोनस सेयर र ०।७५ नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ ।
यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी माघ २१ गते आयोजना हुने कम्पनीको २८ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।