प्रिमियर इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2022-01-18
प्रिमियर इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(माघ ४ गते)अन्तिम दिन रहेको् छ । कम्पनीले लाभांस वितरण प्रयोजनका लागि भोलि(माघ ५ गते)बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । 

प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी माघ २१ गते आयोजना हुने कम्पनीको २८ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: