प्रिमियर इन्स्योरेन्सले लिलामीमा राखेको सेयर उठाउने आज अन्तिम दिन

2020-08-31
प्रिमियर इन्स्योरेन्सले लिलामीमा राखेको सेयर उठाउने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले लिलामीमा राखेको लगानी कोष(सिआईटी) को सेयर उठाउने आज अन्तिम अवसर रहेको छ। कम्पनीले भदौ ८ गतेदेखि लिलामीमा राखेको आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको ५० हजार कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन हो। लिलामीमा राखिएको सेयर खरिदका लागि इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले आज बैंकिङ समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।
 
लगानीकर्ताले न्यूनतम १०० कित्ता वा १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य २ हजार ३०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले सो वा सोभन्दा बढी मूल्य बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ।
 
धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताहरुले काठमाण्डौको नक्सालस्थित नबिल इन्भेस्टमेन्टको कार्यालय वा नक्सालमै रहेको प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा बोलपत्र पेस गर्न सक्नेछन्। 

Share this with your friends: