प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सिआईटीको सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

2020-10-30
प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सिआईटीको सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोष(सिआईटी)को संस्थापक सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ। 

कम्पनीले आफ्नो स्वामित्वमा रहेको सिआईटीको ५० हजार कित्ता संस्थापक सेयर गत असोज ३० गतेदेखि बोलकबोल प्रक्रियाद्वारा बिक्री खुल्ला गरेको थियो।  

लिलामीमा राखिएको सेयरमा इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले बोलपत्र पेस गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ९७५ रुपैयाँ तोकिएको छ। त्यसैले लगानीकर्ताहरु न्यूनतम मूल्य वा साभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेस गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र बढीमा सबै कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। 

धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। बोलपत्र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल र प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिनेछ।

 


Share this with your friends: