प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सीआईटीको संस्थापक सेयरको लिलामी आजबाट

2020-12-10
प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सीआईटीको संस्थापक सेयरको लिलामी आजबाट

काठमाण्डौ । प्रिमियर इन्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक समूहको सेयर आज (मंसिर २५ गते)बिहीबारबाट लिलामीमा राखेको छ। 

कम्पनीले आफ्नो स्वामित्वमा रहेको सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। 

संस्थापक सेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रति कित्ता १९०० रुपैयाँ मा नघट्ने गरी बोलपत्र आवेदन दिनु पर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।

लगानीकर्ताले काठमाण्डौको नक्सालस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड वा नक्सालमै रहेको प्रिमियर इन्स्योरेन्सको कार्यालयमा पुस ९ गते बैंकिङ समयसम्म बोलपत्र पेस गर्नुपर्नेछ।

 


Share this with your friends: