फरवार्ड माइक्रोफाइनान्सद्वारा लाभांस वितरणको प्रस्ताव

2021-01-07
फरवार्ड माइक्रोफाइनान्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र ६.५८ प्रतिशत नगद लाभांस गरी कुल ३१.५८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वार प्रस्तावित कुल ३१.५८ प्रतिशत लाभांसमा चुक्तापूँजी ५० करोड ४ लाख १५ हजार ४ सय रुपैयाँको २५ प्रतिशतले हुन आउने १२ करोड ५१ लाख ३ हजार ८५० रुपैयाँ बराबरको बोनस सेयर र ६.५८ प्रतिशतले हुन आउने ३ करोड २९ लाख २७ हजार ३३३.३२ रुपैयाँ ६३ बराबरको नगद लाभांस(कर प्रयोजनका समेतका लागि) रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: