फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-02-16
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ३१.५८ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

संस्थाले वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि भोलि(फागुन ०४ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्। 

संस्थाको गत पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस सेयर र ६.५८ प्रतिशत नगद लाभांस गरी कुल ३१.५८ प्रतिशत लाभांस वितरणको प्स्ताव गरेको थियो। 
यो लाभांस संस्थाको आगामी फागुन २१ गते आयोजना हुने ८ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।  

 


Share this with your friends: