फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन

2021-02-17
फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित २५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २६७८ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता ३३४८ रुपैयाँ कायम थियो। 

संस्थाले लाभांस वितरण प्रयोजनार्थका लागि हिजो(फागुन ०४ गते) बुक क्लोज गरेको थियो।  

 


Share this with your friends: