फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

2021-04-19
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा लिलामीमा राखिएको संस्थापक समूहतर्फको सेयरमा आवेदन दिने आज(वैशाख ६ गते) अन्तिम दिन रहेको छ । संस्थाले गत चैत २३ गतेबाट प्रति सेयर रु.१०० अंकित दरका २५ हजार हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो। 

यो सेयरमा इच्छुक साविकका संस्थापक सेयरधनी वा योग्य जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। सो भन्दा बढी सेयर खरिदका लागि १० अंकको गुणांकमा अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

सेयरको न्यूनतम मुल्य प्रति सेयर रु.२७५ रुपैयाँ तोकिएको छ। यो सेयरको बिक्री प्रबन्धको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आज बैंकिङ समयसम्म मुक्तिनाथ क्यापिटल हात्तिसार, कमलादी काठमाण्डौमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।  


Share this with your friends: