फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

2021-01-03
फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरको लिलामीमा आवेदन आज अन्तिम दिन रहेको छ । संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक सेयरको लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

संस्थाले गत मंसिर २८ गतेदेखि संस्थापक सेयरको लिलामी खुलाएको थियो ।  

सेयर खरिदका लागि आवेदन दिदाँ न्युनतम १५ हजार कित्ता सेयरको लागि आवेदन दिनु पर्नेछ। सो भन्दा बढी सेयर खरिदका लागि १० अंकको गुणांकमा अधिकतम १ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। 

सेयरको न्यूनतम प्रतिकित्ता २९५ रुपैयाँ तोकिएकाले लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। 

इच्छुक लगानीकर्ताले आवेदनमा हितग्राही खाता नम्बर र बैंक खाता नम्बर अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ। संगठित संघ, संस्था कम्पनीले आवेदन दिदाँ दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, तथा सेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको सञ्चालक समितिको निर्णयको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ। 

लगानीकर्ताले काठमाण्डौको हात्तीसारस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा आज बैंकिङ समयसम्म बोलपत्र पेश गर्नु पर्नेछ।    

 


Share this with your friends: