फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरको लिलामी भोलिदेखि

2021-03-15
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरको लिलामी भोलिदेखि

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि(चैत ३ गते)देखि संस्थापक समूहतर्फको सेयर लिलामीमा राख्ने भएको छ। संस्थाले प्रति सेयर रु.१०० अंकित दरका २५ हजार हजार कित्ता संस्थापक सेयर लिलामीमा राख्ने भएको हो। 

यो सेयरमा इच्छुक साविकका संस्थापक सेयरधनी वा योग्य जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। सो भन्दा बढी सेयर खरिदका लागि १० अंकको गुणांकमा अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

सेयरको न्यूनतम मुल्य प्रति सेयर रु.२७५ रुपैयाँ तोकिएको छ। यो सेयरको बिक्री प्रबन्धको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले वि.स २०७८ वैशाख ६ गतेभित्र मुक्तिनाथ क्यापिटल हात्तिसार, कमलादी काठमाण्डौमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।  

 


Share this with your friends: