फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

2021-04-05
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(चैत २३ गते)देखि संस्थापक समूहतर्फको सेयर लिलामीमा राखेको छ । संस्थाले प्रति सेयर न्यूनतम मूल्य रु.१०० अंकित दरका ८१ हजार ५ सय कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  

यो सेयरमा इच्छुक साविकका संस्थापक सेयरधनी वा योग्य जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। सो भन्दा बढी सेयर खरिदका लागि १० अंकको गुणांकमा अधिकतम ८१ हजार ५ सय कित्ताका लागि आवेदन दिन सकिनेछ।

यो सेयरको बिक्री प्रबन्धको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आगामी वैशाख २६ गतेभित्र ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाण्डौमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई लिलामीको सूचना प्रकाशित गरी  ३५ दिनको समय दिइएकाले संस्थापक सेयरधनीहरुलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको संस्थाले जनाएको छ। 


Share this with your friends: