फागुन महिनामा जीवन बीमा कम्पनीहरुले जारी गरे ११.३७ लाख बीमालेख, कतिको कति ?

2022-04-04
फागुन महिनामा जीवन बीमा कम्पनीहरुले जारी गरे ११.३७ लाख बीमालेख, कतिको कति ?

काठमाण्डौ । फागुन महिना जीवन बीमा कम्पनीहरुले ११ लाख बढी बीमालेख जारी गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार माघ महिना मात्रै जीवन बीमा कम्पनीहरुले ११ लाख ३७ हजार ७४९ बीमालेख जारी गरेका हन् । 

बीमा समितिका अनुसार फागुन महिनामा मेट लाइफ इन्स्योरेन्सले सबैभन्दा बीमालेख जारी गरेको छ । यो एक महिनाको अवधिमा मेट लाइफले ७ लाख २ हजार २७६ बीमालेख जारी गरेको छ । यस्तै बीमालेख जारी गर्नेको सूचीमा सिटिजन लाइफ दोस्रो स्थानमा रहेको छ । सिटिजन लाइफले फागुन महिनामा १ लाख ३० हजार ९३३ बीमालेख जारी गरेको छ । नशनल लाइफ तेस्रो स्थानमा रहेको छ । कम्पनीले फागुन महिनामा ९० हजार ८१४ बीमालेख जारी गरेको छ । 

यस्तै राष्ट्रिय बीमा संस्थानले १ हजार ११२,नेपाल लाइफ ९ हजार ९८५,एलआईसी नेपाल ५ हजार ६१५,एशियन लाइफ ७ हजार ४२३,गुरास लाइफ ६१३,सूर्या लाइफ १६ हजार ९०९,प्राइम लाइफ १ हजार ८३१,आइएमई लाइफ ८ हजार ९६७,युनियन लाइफ ३ हजार २७,ज्योति लाइफ १७ हजार ८४९, सन नेपाल लाइफ ३३ हजार ८९५,रिलायन्स लाइफ १ हजार ५५३,रिलायबल नेपाल लाइफ ९७ हजार २९,सानिमा लाइफ १ हजार ३७५,प्रभु लाइफ ५ हजार ६३० र महालक्ष्मी लाइफले ९१३ बीमालेख जारी गरेका छन् । 


Share this with your friends: