बंगलादेशको धितोपत्र नियामकद्वारा २१ वटा बीमा कम्पनी सूचीकृत गर्न आह्वान

2021-06-18
बंगलादेशको धितोपत्र नियामकद्वारा २१ वटा बीमा कम्पनी सूचीकृत गर्न आह्वान

काठमाण्डौ । बंगलादेशको पूँजी बजार नियामक ‘बंगलादेश सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन(बीएसईसी)ले त्यहाँको बीमा नियामक‘इन्स्योरेन्स डेभलपमेन्ट एण्ड रेगुुलेटरी अथोरिटी(आईडीआरए)लाई देशका २१ वटा बीमा कम्पनीहरुलाई स्टक एकसचेन्जमा सूचीकृत गर्न आवश्यक कदम चाल्न आह्वान गरेको छ ।

बीएसईसीका कार्यकारी निर्देशक तथा प्रवक्ता रिजउल करिमका अनुसार २१ वटा बीमा कम्पनीहरुलाई स्टक एकसचेन्जमा सूचीकृत गर्नका लागि कमिसनले बीमा नियामक आईडीआरएलाई पत्र लेखेको छ ।

उनले आईडीआरएको आग्रह अनुरुप बीएसईसीले बीमा कम्पनीहरुलाई एक्सचेन्जमा सूचीकृत हुनका लागि बाधा अड्चनहरु हटाएको र यसका लागि धितोपत्र कानुनहरुमा केहि छुट प्रदान गरिएको बताएका छन् ।

बीएसईसीले गत नोभेम्बर २९ मा सार्वजनिक निष्कासनका प्रावधानहरुको पालना गर्नबाट २६ वटा बीमा कम्पनीहरुलाई छुट प्रदान गरिने सूचना जारी गरेको थियो । ती २६ वटा बीमा कम्पनीहरुमध्ये अहिले दुुईवटा कम्पनी स्टक एक्सचेन्जमा सूचीकृत भईसकेका छन् भने तीनवटाले आईपीओ निष्कासनका लागि बीएसईसीमा आवेदन दिएका छन् ।

आईपीओ निष्कासनका लागि यी मध्ये अझै पनि २१ वटा कम्पनीहरुले आवेदन पेश गर्न बाँकी रहेको करिमले बताए । यी मध्ये १७ वटा जीवन बीमा र चारवटा निर्जीवन बीमा कम्पनीहरु रहेका छन् ।

बंगलादेशको स्टक एक्सचेन्जमा ५० वटा बीमा कम्पनीहरु सूचीकृत छन् । जसमा ३८ वटा निर्जीवन बीमा र १२ वटा जीवन बीमा कम्पनीहरु रहेका छन् ।   


Share this with your friends: