बीमा पोलिसीहरु सुरक्षित गर्न डिजिटल लकरको व्यवस्था गर्दै भारतीय नियामक

2021-02-15
बीमा पोलिसीहरु सुरक्षित गर्न डिजिटल लकरको व्यवस्था गर्दै भारतीय नियामक

काठमाण्डौ । भारतको नियामक निकाय इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डिया(आईआरडीएआइ)ले नागरिकहरुको सम्पूर्ण बीमा पोलिसीहरुका कागजातहरु मोबाइल मार्फत सुरक्षित ढंगले राख्नका लागि डिजीटल लकरको व्यवस्था गर्ने घोषणा गरेको छ। 

“डिजिटल लकर भारत सरकारको डिजिटल इन्डिया प्रोग्राम अन्र्तगतको एक हिस्सा हो। जहाँ वास्तविक उपलब्धकर्ताबाट भारतीय नागरिकले बीमा सम्बन्धि सम्पूर्ण कागजात÷प्रमाणपत्रहरु डिजिटल स्वरुपमा प्राप्त गर्न सक्छन्। यसको लक्ष्य भनेको कागजातको भौतिक उपयोगलाई न्युनिकरण गर्दै बीमा सेवालाई प्रभावकारी ढंगले प्रवाह गर्नु हो। यस सेवामैत्री भएकाले यसको प्रयोगबाट नागरिकहरुले कागजातको झन्झटपूर्ण प्रयोगबाट उन्मुक्ती पाउनेछन्।” आईआरडिएआइले आफ्नो निर्देशिकामा उल्लेख गरेको छ। 

अहिले भारतमा सरकारले जारी गर्ने सवारी लाइसेन्सको विवरण, कार रजिष्ट्रेशन, भोटर आईडी, प्यान कार्ड, स्कुल र कलेजका सटिफीकेट र अन्य थुप्रै कागजातहरु डिजिटल रुपमा सुरक्षित गर्न सकिन्छ। डिजिटल स्वरुपमा डिजी लकरमार्फत पेश गरिने यस्ता कागजातहरुलाई प्रमाणीकरणका लागि आईडी प्रुफको रुपमा ग्रहण गरिनेछ। 

बीमा क्षेत्रमा डिजीलकरलाई अपनाउनका लागि आईआरडीएआइले सबै बीमकहरुलाई आफ्नो आईटी प्रणालीमा यो व्यवस्थालाई समावेश गर्न सुझाव दिएको छ। 

बीमकहरुले आफ्ना पोलिसीहोल्डरहरुलाई डिजी लकरका बारेमा जानकारी दिनुपर्ने र यसलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा समेत सिकाउनु पर्ने आईआरडीएआइले जनाएको छ। 
डिजी लकरले कागजताहरुलाई विद्युतीय स्वरुपमा स्टोर गर्नुका साथै खर्च घटाउने र पोलिसीको सँग सम्बन्धित कागजातहरु पाइएन भनेर ग्राहकरुले गर्ने गुनासाहरु लाई समेत सम्बोधन गर्ने नियामकले विश्वास लिएको छ। यसका साथै बीमा सेवालाई छिटो, छरितो बनाउन र दाबी सम्बन्धि प्रक्रियालाई छिटो र सहज बनाउन तथा असझदारी र जालसाझीलाई न्युनिकरण गर्न समेत सहयोग गर्नेछ। 

 

india   

Share this with your friends: