बीमा व्यवसायमा फड्को मार्दै एनएलजी इन्स्योरेन्सले आर्जन गर्यो २ अर्ब कुल बीमाशुल्क

2021-07-05
बीमा व्यवसायमा फड्को मार्दै एनएलजी इन्स्योरेन्सले आर्जन गर्यो २ अर्ब कुल बीमाशुल्क

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा व्यवसायको आफ्नो १४ वर्षे यात्रामा पहिलोपटक २०० करोड(२ अर्ब) रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । 

कम्पनीका अनुसार असार १९ गतेसम्ममा कम्पनीले रु. २ अर्ब रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको हो । 
एनएलजी इन्स्योरेन्स कम्पनीले पछिल्लो समय आफ्नो व्यवसायमा सुधार गर्दै आईरहेको छ । 

जेठ मसान्तसम्ममा कम्पनीले १ अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले कर्मचारीहरु र सबै सरोकारवालाहरुको साथ, सहयोग र विश्वासका कारण २ अर्ब रुपैयाँको कोसेढुंगा पार गर्न सकिएको र यसका लागि सबैलाई धन्यबाद ज्ञापन समेत गरेको छ । यस्तै कम्पनीले आगामी दिनहरुमा निर्जीवन बीमा व्यवसायमा आफ्नो उपस्थितीलाई थप बलियो बनाउँदै जाने संकल्प गरेको छ । 


Share this with your friends: