बीमा समितिको निर्देशन पश्चात नेशनल लाइफले लाभांस घटायो

2020-12-03
बीमा समितिको निर्देशन पश्चात नेशनल लाइफले लाभांस घटायो

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यसअघि प्रस्ताव गरिएको लाभांस घटेको छ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको १७.५ प्रतिशत लाभांस घटेको हो। 

बीमा समितिको निर्देशनअनुसार कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रस्ताव गरिएको लाभांस घटाएको हो।

यसअघि गत साउन ३२ गते कम्पनीको सञ्चालक समितिले १५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांस गरी कुल १७.५ प्रतिशत लाभांस प्रस्ताव गरी स्वीकृतिका लागि बीमा समितिमा पठाएको थियो। कम्पनीले स्वकृतिका लागि पठाएको प्रस्ताव वित्तीय विवरणसम्बधी निर्देशनबमोजिम नभएकाले परिमार्जित वित्तीय विवरण पेस गर्न निर्देशन दिएको थियो। 

हिजो बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अब कुल १०.५३ प्रतिशत लाभांस वितरण गर्नै प्रस्ताव गरेको छ। जसमा चुक्तापुँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँको १० प्रतिशतले हुन आउने ३० करोड ८२ लाख ६२ हजार ६५५ रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयरको कर प्रयोजनार्थ ०.५३ प्रतिशतले हुन आउने १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

परिमार्जन गरी प्रस्ताव गरिएको लाभांश बीमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने छ। 


Share this with your friends: