बैंक अफ काठमाण्डू र इङ्गवा जलविद्युतबीच ९.७ मेगावटको जलविद्युत आयोजनामा कर्जा प्रवाह गर्ने सम्झौता

2021-06-18
बैंक अफ काठमाण्डू र इङ्गवा जलविद्युतबीच ९.७ मेगावटको जलविद्युत आयोजनामा कर्जा प्रवाह गर्ने सम्झौता

काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेड र इङ्गवा जलविद्युत लिमिटेडबीच ९.७ मेगावट उत्पादन क्षमता भएको अप्पर इङ्गवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ। बैंक अफ काठमाण्ड र इङ्वा जलविद्युतले यससम्बन्धी सम्झौतापत्रमा गत जेठ ३० गते हस्ताक्षर गरेका हुन्। 

अप्पर इङ्गवा जलविद्युत आयोजनाको अनुमानित खर्च रु १ अर्ब ९५ करोड रहेको छ। इङ्गवा जलविद्युत लिमिटेडले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाउँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ। उक्त आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी रहने छ।  

आयोजनामा कुल लागतको ७५५ बैंक कर्जा वापतको लगानी रहनेछ भने बाँकी २५५ इङ्गवा जलविद्युत लिमिटेडको लगानी रहनेछ। आयोजना पूरा भएपछि उत्पादित विद्युत अमरपुर सवस्टेसनमा जोडिनेछ। सबस्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ। यसका साथै यस कर्जा लगानीपश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसीमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ। 

बैंक अफ काठमाण्डूको ऊर्जा क्षेत्रहरु (सौर्य तथा जलविद्युत) को विकासका लागि बैंकिङ क्षेत्रबाट लगानी गर्ने पहिलो बैंक रहेको तथा अग्रणी स्थानमा रही बैंकले विभिन्न ३७ वटा परियोजनामा लगानी गरिसकेको छ।

हालसम्म बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।


Share this with your friends: