बैंक अफ काठमाण्डूको कामु सीइओमा मास्के नियुक्त

2021-08-17
बैंक अफ काठमाण्डूको कामु सीइओमा मास्के नियुक्त

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको कामु सीईओ(प्रमुख कार्यकारी अधिकृत)मा श्रवण मास्के नियुक्त भएका छन् । बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले मास्केलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत मास्केलाई भदौ २ गतेदेखि लागू हुनेगरी बैंकको  कामु सीईओमा नियुक्त गरिएको हो । 

बैंकका यसअघिका सीईओ शोभन देव पन्तको कार्यकाल भदौ १ गतेदेखि समाप्त भएकाले रिक्त पदमा श्रवण मास्केलाई नियुक्त गरिएको हो । 


Share this with your friends: