बैंक अफ काठमाण्डूको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-11-25
बैंक अफ काठमाण्डूको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । बैंक आफ काठमाण्डू लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १४ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर ९ गते)अन्तिम दिन रहेको हो। 

वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि सस्थाले भोलि(मंसिर १० गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनी मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्। 

कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल १४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

बैंकको २७ औँ वार्षिक साधारण सभा आगामी मंसिर २९ गते आयोजना हुन गईरहेको छ।


Share this with your friends: