बैंक अफ काठमाण्डूको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2020-11-13
बैंक अफ काठमाण्डूको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । बैंक अफ काठमाण्डूको सेयरमूल्य समायोजन गरिएको छ। गत आर्थिक वर्ष २०७६/७७ को प्रस्तावित बोनस सेयरका लागि बैंकको सेयरमूल्य समायोजन गरिएको हो। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज शुक्रबार प्रस्तावित १३ प्रतिशत बोनस सेयरका लागि बैंक अफ काठमाण्डूको सेयरमूल्य समायोजन गरेको हो। 
समायोजित मूल्यअनुसार बैंकको प्रतिकित्ता सेयर २६२ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबारमा यो बैंकको सेयर प्रतिकित्ता २९६ रुपैयाँ रहेको थियो।

बैंकले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनका लागि आज (कात्तिक २८ गते) देखि मंसिर १५ गतेसम्म बैंकले बुक क्लोज गरेको छ।

बैंकको वार्षिक सधारण सभा आउँदो माघ १५ गते काठमाण्डौको कमलपोखरीस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स (जुम मिटिङ) मार्फत आयोजना हुँदैछ।  

 


Share this with your friends: