बैंक अफ काठमाण्डूको १३% बोनस सेयर नेप्सेमा सूचीकृत

2021-01-18
बैंक अफ काठमाण्डूको १३% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकले गत आर्थिक वर्षका वितरण गरेको १३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। 

आज नेप्सेमा बैंकको १ करोड ११ लाख १२ हजार ८९० कित्ता बोनस सेयर सूचीकृत भएको छ। बैंकले गत आर्थिक वर्षका लागि १३ प्रतिशतले हुन आउने १ अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशत हुन आउने २५ करोड ६४ लाख ६ हजार ६२२ रुपैयाँबराबरको नगद लाभांश वितरण गरेको थियो। 

 


Share this with your friends: