बोनस सेयरका लागि सेञ्चुरी कमर्सियल बैंकको सेयरमूल्य समायोजन

2020-12-31
बोनस सेयरका लागि सेञ्चुरी कमर्सियल बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ५.२५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १९९ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य २०९ रुपैयाँ कायम थियो। 
सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस गरी कुल ७.५० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ« बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: