बोनसका लागि साइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

2021-12-03
बोनसका लागि साइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ ।  साइन रेसुंगा डभेलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १०.९३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४०३.८६ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४४८ रुपैयाँ कायम थियो । 

बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि १०.९३ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ ।


Share this with your friends: