बोनस सेयरका लागि यी दुई हाइड्रो कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-01-01
बोनस सेयरका लागि यी दुई हाइड्रो कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुईवटा हाइड्रो कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले बुटवल पावर कम्पनी लिमिटेड र छ्याङदी हाइड्रो पावर लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

बुटवल पावरद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले कम्पनीको प्रतिकित्ता सेयरको मूल्य ४०५ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४४५ रुपैयाँ कायम थियो। कम्पनीको गत पुस ३ गते गते बसेको सञ्चालक समितिको बैठकले गत आ.व का लागि १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस गरी कुल २५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांश कम्पनीको आउँदो पुस २८ गते आयोजना हुने आगामी २८ औँ वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ। 

यस्तै छ्याङदी हाइड्रोद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले कम्पनीको प्रतिकित्ता सेयरको मूल्य १५५ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता १६३ रुपैयाँ कायम थियो। कम्पनीको गत मंसिर ३० गते बसको सञ्चालक समितिको बैठकले गत आ।व का लागि ५ प्रतिशत बोनस सेयर र ०.२३ प्रतिशत नगद लाभांस गरी कुल ५.२३ लाभांस वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांश कम्पनीको आउँदो पुस २७ गते आयोजना हुने आगामी साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ। 

 


Share this with your friends: