भारत सरकारको स्वामित्वमा रहेको नेशनल इन्स्योरेन्सको घाटा ४१०० करोड

2020-10-05
भारत सरकारको स्वामित्वमा रहेको नेशनल इन्स्योरेन्सको घाटा ४१०० करोड

काठमाण्डौ । भारत सरकारको स्वामित्वमा रहेको नेशनल इन्स्योरेन्स कम्पनीको घाटा १६९६ करोड भारतीय रुपैयाँबाट बढेर यो वर्ष ४१०० करोड भारतीय रुपैयाँ पुगेको छ। कम्पनीको खर्च र दावि भुक्तानीमा व्यापक उछाल आएका कारण कम्पनीको घाटामा बढोत्तरी आएको भारतीय मिडियाहरुमा उल्लेख गरिएको छ।

सवारी साधन, स्वास्थ्य र अन्नबालि व्यवसायको दावि भुक्तानीमा व्यापक वृद्धि आएपछि कम्पनीले लगातार तेस्रो वर्ष घाटा व्यहोरेको हो। 
आफ्नो वित्तीय विवरणमा नेशनल इन्स्योरेन्सले ४१०० करोड घाटाका कारण आफ्नो नेट वर्थ र सोल्भेन्सीमा नराम्रो प्रभाव पारेको उल्लेख गरेको छ। अहिले कम्पनीको सोल्भेन्सी रेसियो २ प्रतिशतको जोखिमपूर्ण बिन्दुमा रहेको छ। 

कम्पनीले आफ्नो घाटामा बढोत्तरी आउनुमा भविष्यको दावि भुक्तानी र उच्च  पेन्सन दायित्व प्रमुख कारण रहेको जनाएको छ। 

घाटा वृद्धि भएपनि कम्पनीको प्रिमियम(बीमा शुल्क आर्जन) ५२ प्रतिशत अर्थात २७८७४ करोड भारतीय रुपैयाँले बढेको छ।  
नेशनल इन्स्योरेन्सलाई भारत सरकारले सन् १९७२ मा राष्ट्रियकरण गरेको थियो ।    

 

 


Share this with your friends: