भारतमा संक्रमण बढेसँगै दाबी भुक्तानीमा व्यापक उछाल

2020-09-04
भारतमा संक्रमण बढेसँगै दाबी भुक्तानीमा व्यापक उछाल

काठमाण्डौ । देशमा कोरोना संक्रमणका केसहरुमा बढोत्तरी आएपछि भारतका जनरल बीमाकर्ताहरुले कोरोनाको उपचारका लागि अत्यधिक दाबी भुक्तानीको सामना गरिरहेका छन्। सन् २०२० को सेप्टेम्बर १ सम्म भारतको निर्जीवन बीमा उद्योगले ३६२ मिलियन डलर का लागि १ लाख ६९ हजार दाबी भुक्तानी प्राप्त गरेका छन्। 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सेप्टेम्बर २ सम्म भारतभर ८ लाख १ हजार सक्रिय केसहरु छन्। यस्तै मन्त्रालयका अनुसार करीब २ लाख ९० हजार १०० कोरोना संक्रमितहरु संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन् भने करीब ६६ हजार ३३३ जनाको मृत्यु भएको छ। 
महाराष्ट्र राज्यमा सबैभन्दा धेरै दाबी भुक्तानी माग गरिएको छ। दोस्रोमा तमिल नाडु रहेको छ। महाराष्ट्र राज्यभित्र सबैभन्दा दावि भुक्तानी माग मुम्बईमा गरिएको छ। मुम्बईमा करीब २१ हजार ५०० दाबी भुक्तानी माग गरिएको छ भने पूणेमा १५ हजार ८००। 

भारतको जनरल इन्स्योरेन्स काउन्सील अफ इण्डियाका अनुसार महाराष्ट्र राज्यमा मात्रै ६९ हजार ५ सय भन्दा धेरै दाबी भुक्तानी माग गरिएको छ। जसको मूल्य १२२ मिलियन डलर हुन आउछ। त्यस्तै तमिल नाडु र कर्नाटक राज्यमा क्रमश २० हजार ३ सय र १३ हजार ९ सय दाबी माग गरिएको छ। 
भारतको बीमा उद्योगका एक वरिष्ठ अधिकारीका अनुसार भारतको सहरी क्षेत्रको कोरोना दाबीको औसत खर्च २०४३ डलर रहेको छ भने अर्ध सहरी वा ग्रामीण क्षेत्रको औसत खर्च ६८० डलर देखि १०२० डलर रहेको छ। यदि कोरोना संक्रमित, गम्भिर भएर सघन उपचार कक्षमा भर्ना गर्नुपर्यो भने प्रत्येक दाविको खर्च ८१६६ देखि ११ हजार डलर सम्म पर्न आउछ। 

 

 


Share this with your friends: