मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

2021-08-03
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ती सम्झौतापत्रमा मकर जितुमाया सुरी हाइड्रोपावरका कार्यकारी अध्यक्ष हिमाल गुरुङ र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्। 

कम्पनीले जारी पुँजी ७६ करोड रुपैयाँको ३० प्रतिशत हुन आउने २२ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। जसमा आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० हजार कित्ता छुट्याइएको छ। 


Share this with your friends: