मध्य भोटेकोशी जलविद्युत कम्पनी आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

2021-12-23
मध्य भोटेकोशी जलविद्युत कम्पनी आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाण्डौ। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको आईपीओसहित ६ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्से र कम्पनीबीच आज(पुस ८ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ६ करोड कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीले आम सर्वसाधारणका लागि वितरण गरेको ९० लाख कित्ता, आयोजना प्रभावितका लागि निष्कासन गरेको ६० लाख कित्ता, कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीमा १ करोड १७ लाख कित्ता,ऋणदाता संस्थाका कर्मचारीमा ६ लाख कित्ता,संस्थापक सेयरधनी संस्थाको कर्मचारीमा २१ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ६ करोड ६ लाख कित्ता गरी कुल ६ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम पुस ७ गतेको निर्णयानुसार कम्पनीको सेयर सूचीकृत भएको जनाएको छ। 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिकित्ता ९४.३९ रुपैयाँदेखि २८३.१७ रुपैयाँ तोकेको छ। भोलिको प्रि ओपन सेसनमा यदि नेप्सेले तोकेको ओपनिङ रेञ्जभित्र कम्पनीको सेयर कारोबार भएमा कम्पनीको सेयर कारोबार नियमित समयमा सुचारु हुनेछ। नेप्सेले कम्पनीलाई एमबीजेसी संकत प्रदान गरेको छ ।


Share this with your friends: