महिला लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, कतिको हात भयो खाली ?

2021-02-26
महिला लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, कतिको हात भयो खाली ?

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। धितोपत्र निष्कासनकर्ता तथा वितरक नेपाल एसबीआई मर्चेन्ट लिमिटेडको हात्तिसारमा रहेको कार्यालायमा आज बिहान ८ बजे संस्थाको आईपीओ बाँडफाँड सम्पन्न भएको हो । 

यो आईपीओमा १५ लाख ४० हजार ३५ आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता सेयरका लागि खरिद आवेदन परेको थियो। कुल आवेदनमध्ये ५४ हजार ९६० कित्ता खरिदका लागि परेको ३ हजार ३५३ आवेदन भने रद्ध गरिएको छ। 

गोलाप्रथाका माध्यमबाट ३७ हजार ५०० आवेदकले १० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी सदर १४ लाख ९९ हजार १८२ आवेदकको हात भने खालि भएको छ। कुल आवेदनमध्ये १५ लाख ३६ हजार ६८२ आवेदन सदर भएको छ। 

कुल निष्कासनमध्ये २० हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको र ५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ । बाँकी रहेको ३ लाख ७५ हजार कित्ता भने आम सर्वसाधारणका लागि बाँडफाँड गरिएको छ। 

यो आईपीओमा संस्थाका १५३ जना कर्मचारीलाई ३२.६७ का दरले सेयर बाँडफाडँ गरिएको छ। 

संस्थाले गत माघ ३० गतेदेखि रु।१०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। 

 


Share this with your friends: