महुली लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

2022-05-09
महुली लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर आज(वैशाख २६ गते)देखि सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । संस्थाले गत पुस २४ गते सम्पन्न भएको ९ औँ वार्षिक साधारण सभाबाट पारित भएको २६ प्रतिशत बोनस सेयर आजदेखि सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

साविकको नवकिरण लघुवित्त र महुली लघुवित्त एक आपसमा कर्ज भई महुली लघुवित्तको वित्तीय संस्था लिमिटेडको नामबाट २०७७ मंसिर ८ गतेबाट एकिकृत कारोबार सुरु गरेकाले उक्त मितिपश्चात भएका सेयर कारोबारबाट प्राप्त भएको सेयरको बोनस सेयरमा लाभकर लाग्ने हुँदा उक्त बोनस सेयरको करवापतको ५ प्रतिशतले हुन आउने रकम जम्मा गर्न संस्थाले आग्रह गरेको छ ।  

 


Share this with your friends: