माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरुद्वारा ८१.३० अर्ब कुल बीमाशुल्क आर्जन, कसको कति ?

2022-02-24
माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरुद्वारा ८१.३० अर्ब कुल बीमाशुल्क आर्जन, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ८१ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले पुस महिनाको अन्त्यसम्ममा ८१ अर्ब ३० करोड २४ लाख २६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको यो अवधिसम्ममा २१ अर्ब ८ करोड ५४ लाख ३१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । दोस्रो स्थानमा एलआईसी नेपाल रहेको छ । एलआईसी नेपालले ९ अर्ब ७५ करोड ४० लाख ४१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

तेस्रो स्थानमा रहेको नेशनल लाइफले ७ अर्ब ८९ करोड ७२ लाख १३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । ६ अर्ब ४२ करोड ७६ लाख १२ हजार रुपैयाँसहित राष्ट्रिय बीमा संस्थान चौथो स्थानमा रहेको छ । सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेको सूचीमा युनियन लाइफ पाचौँ स्थानमा रहेको छ । कम्पनीले माघ महिनाको अन्त्यसम्ममा ४ अर्ब ८२ करोड ३० लाख ७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

त्यस्तै एशियन लाइफ ४ अर्ब ३ करोड ५५ लाख ८९ हजार, मेट लाइफ ३ अर्ब ९ करोड १६ हजार, गुराँस लाइफ १ अर्ब ८६ करोड ७७ लाख ४८ हजार, सूर्या लाइफ २ अर्ब ८३ करोड ६५ लाख ३७ हजार, प्राइम लाइफ २ अर्ब ९६ करोड ३८ लाख ८१ हजार,आइएमई लाइफ १ अर्ब ९० करोड ९ लाख ४८ हजार,ज्योति लाइफ १ अर्ब ९६ करोड ८७ लाख ६६ हजार , सन नेपाल लाइफ २ अर्ब ३९ करोड ५२ लाख ६८ हजार,रिलायन्स लाइफ १ अर्ब ६८ करोड ८७ लाख ५७ हजार,रिलायबल नेपाल लाइफ २ अर्ब २६ करोड २८ लाख ४६ हजार,सिटिजन लाइफ २ अर्ब ९७ करोड ५३ लाख ९५ हजार,सानिमा लाइफ १ अर्ब ३३ करोड ५६ लाख ७ हजार प्रभु लाइफ १ अर्ब १७ करोड ४४ लाख ६३ हजार र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८१ करोड ९३ लाख १ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्  । 


Share this with your friends: